काठमाडौं ।
नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको छैटौँ विशेष अधिवेशन सम्पन्न भएको छ । युनियनका अनुसार यही असार १८ गते नेपाल धितोपत्र बोर्ड, खुमलटार, ललितपुरमा विशेष अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनको उद्घाटन सत्र युनियनका अध्यक्ष तोलाकान्त न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त उद्घाटन सत्रमा बोर्डका कार्यकारी निर्देशक निरज गिरीले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए । उद्घाटन सत्रको प्रमुख अतिथि बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले मन्तव्य राख्दै व्यवस्थापन र युनियन मिलेर बजारको विकासमा लाग्नुपर्ने कुरामा जोड दिएका थिए ।
छैटौँ विशेष अधिवेशनमार्फत राजुबहादुर जिसिको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । कार्यसमितिको अन्य पदाधिकारीको रूपमा वरिष्ठ उपाध्यक्षमा गौरब विष्ट, उपाध्यक्षमा बसन्त रसाली, सचिवमा विपिन सापकोटा, कोषाध्यक्षमा सनु खड्का र सदस्यहरूमा अजय ढुंगाना, संगम राई, दिपिका मास्के र विनोद महर्जन समेत सर्वसम्मतरूपमा चयन भएका छन् । कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ । उक्त कार्यक्रम युनियनका सचिव श्यामु मण्डलले सञ्चालन गरेका थिए ।