काठमाडौं ।
सेयर बजारमा सुधार आएको छ । साताको सुरुवाती कारोवार दिन देखि नै निरन्तर ओरालो लागेको बजार परिसुचक साताको अन्तिम कारोवार दिन आज बिहिबार भने २३ दसमलव ७६ अंकले उकालो लागेर २८ सय २४ दसमलव ८९ अंकमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दसमलव ४१ अंकले उकालो लागेर पाँच सय २९ दसमलव ६६ अंकमा चढेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय २३ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसबाट ५१ हजार आठ सय ६८ पटकको कारोवारमा एक करोड ३१ लाख ४३ हजार दुई सय ४० कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोवार रकम चार अर्ब ८१ करोड ५५ लाख २० हजार दुई सय ९४ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुह मध्ये ट्रेडिङ र अन्य उपसमुहको सुचक ओरालो लागेका छन् भने बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, सामुहिक लगानी कोष र लगानी उपसमुहको सुचकहरु बढेका छन् ।