काठमाडौं ।
नेपाल चेम्बर अफ कमर्सले चेम्बर कार्यसमिति सदस्य दिपककाजी तुलाधरको सभापतित्वमा शिक्षा, संस्कृति तथा खेलकुद समिति गठन गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले समितिका पदाधिकारी तथा सदस्यहरुलाई मनोनयन पत्र प्रदान गरेका छन् ।
उक्त समितिको सहसभापतिमा रुपक राजवंशी तथा सदस्यहरुमा क्रमशः समिर थापा, अजय वल्लभ पन्त, धिरज कार्की, सचिन्द्र प्रधानाङ्ग, दिपिका रिमाल थापा, निरज कार्की रहेका छन् । नवनियुक्त पदाधिकारी तथा सदस्यहरुलाई मनोनयनपत्र प्रदान गर्दै चेम्बर अध्यक्ष मल्लले यस समितिमा शिक्षा, संस्कृति तथा खेलकुद क्षेत्रमा लामो अनुभव हासिल गरेका महानुभावहरुको प्रतिनिधित्व भएकोले चेम्बरको सामाजिक दायित्वअन्तर्गतको यस क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्ने अपेक्षा राखे । सो अवसरमा चेम्बरका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवालको पनि उपस्थिति थियो ।