काठमाडौं ।
एनएमबी बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरूलाई फुडमाण्डुलगायतका स्टोरहरूमा विद्युतीय भुक्तानी गरी समान खरिद गर्दा क्यासब्याक उपलब्ध गराउने उद्देश्यले द्विपक्षीय समझदारी गरेको छ । बैंकले ग्राहकहरूलाई घरमै बसी मनपर्ने खानालगायत अन्य आवश्यक सामग्रीहरू फुडमाण्डु, स्टपग्य्राब, ग्यापु र किरानाबाट बैंकको डेबिट र क्रेडिट कार्डको प्रयोग गरी अनलाइन अर्डर गर्दा १० प्रतिशत वा पाँच सय रुपैयाँसम्म क्यास ब्याक प्रदान गर्ने बैंकले जनाएको छ ।
बैंकले आफ्नो सेवाहरू वृद्धि गर्ने क्रममा यस्ता सुविधाहरू ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । छुटसम्बन्धी थप जानकारी एनएमबी बैंकको वेबसाइटको एनएमबी भिसा कार्ड डिस्काउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ । बैंकले हाल देशभरि एक सय ८१ शाखा, एक सय ३७ एटीएमहरू, नौवटा एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।