काठमाडौं ।
सेयर बजारमा हरियाली छाएको छ । साताको पहिलो कारोवार दिन आज आईतबार नै बजार परिसुचक ७४ दसमलव ७१ अंकले उकालो लागेर २८ सय ९९ दसमलव ८२ अंकमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ पनि आज १३ दसमलव ७७ अंकले उकालो लागेर पाँच सय ४३ दसमलव ४३ अंकमा पुगेको छ । आज १३ वटा उपसमुह अन्तर्गत कुल दुई सय २५ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसबाट कुल ८२ हजार ४९ पटकको कारोवारमा तीन करोड १५ लाख ८८ हजार आठ सय ५० कित्ता सेयर खरिद बिक्री भएका छन् । जसअनुसार आज कुल कारोवार रकम आठ अर्ब छ करोड १३ लाख ८२ हजार चार सय ९६ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहरुको कारोवार भएका छन् । जसमध्ये सबै उपसमुहहरुको सुचक उकालो लागेर सेयर बजार पुरै हरियो भएको छ ।