काठमाडौं । नेपाल धितोपत्र बोर्डले मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडलाई साधारण सेयर जारी गर्नको लागि अनुमति दिएको छ । बोर्डका अनुसार उक्त कम्पनीलाई सर्वसाधारणको लागि एक सय रूपैयाँ अंकित मूल्य कायम रहेको सात करोड ३६ लाख २८ हजार छ सय रूपैयाँबराबरको सात लाख ३६ हजार दुई सय ८६ कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमति दिइएको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा भने सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।