टोक्यो । जापानले २६ जुलाईदेखि खोप लगाई सकेका नागरिकलाई अन्तर्राष्ट्रिय यात्राको लागि बाटो खोलिदिन ‘खोप राहदानी’ को प्रावधानलाई अघि बढाउने भएको सरकारका प्रवक्ताले आइतबार जानकारी गराएका छन् । घरेलु आर्थिक गतिविधिहरूलाई राहत दिनका लागि ‘खोप राहदानी’ प्रयोग गर्ने बिषयमा छलफल भइरहेको तर अन्तिम निर्णय भने नभइसकेको मुख्य क्याबिनेट सचिव काट्सुनोबु काटोले एनएचके टिभी कार्यक्रममा बताए ।
व्यवसायी र सामान्य नागरिकलाई फरक हुने गरी सरकारले निर्णय गर्न नचाहेको तर महामारीका कारण व्यवसायिक गतिविधि रोकिँदा राज्यको अर्थतन्त्रमा पर्ने प्रभाबका कारण सरकारले व्यवसायी तथा विदेशमा कामगर्न जाने नागरिकलाई लक्षित गरेर ‘खोप राहदानी’ बारे छलफल अघि बढाएको उनले बताए । खोप प्रमाणपत्रहरू नगरपालिकाद्वारा जारी आधिकारिक रेकर्ड हुनेछ । यसले खोपको मिति र स्थान, नाम र राहदानी नम्बर जस्ता व्यक्तिगत जानकारी दिनेछ । जुलाईको अन्त्यसम्म कागजी प्रमाणपत्र को रूपमा यसलाई जारी गरिने छ र पछि यसलाई डिजिटलमा परिणत गर्ने सोच पनि राखिएको छ ।
जापानको केइदानरेन भनेर चिनिने सबैभन्दा ठूलो व्यावसायिक संगठन जापान बिजनेस फेडरेसन कार्यक्रमको क्षमता बढाउन र जापानमा रेस्टुरेन्ट छुटमा पनि प्रमाणपत्र प्रयोग गर्ने सल्लाह दिएको छ । खोप प्रमाणपत्रहरू युरोपेली संघ र दक्षिण पूर्वएसियाली राष्ट्रहरूको सदस्य राष्ट्रहरूमाका अन्तर्राष्ट्रिय यात्रीहरूको लागि पनि पेश गरिएको छ । प्रधानमन्त्री योशीहाइड सुगाको सरकारले जापानमा खोप अभियानलाई पछिल्ला केही सातादेखि वृद्धि गरिरहेको छ ।