काठमाडौं । मुक्तिनाथ विकास बैंकले एक अर्ब २५ करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्नेभएको छ । बैंकका अनुसार प्रतियुनिटक एक हजार रुपैयाँ अंकित मूल्य कायम रहने गरी कुल १२ लाख ५० हजार कित्ता ऋणपत्र जारी गर्न लागिएको हो । सातवर्षे अवधिको उक्त ऋणपत्रमा आठ दशमलव ७५ प्रतिशत ब्याजदर तोकिएको पनि कम्पनीले जानकारी दिएको छ ।
मुक्तिनाथ डिवेञ्चर २०८५–०८५ नाम दिइएको उक्त ऋणपत्रको बिक्री प्रबन्धकमा भने सानिमा क्यापिटल लिमिटेड रहेको छ । यही साउन सात गतेदेखि खुला हुने ऋणपत्रको बिक्रीकार्य छिटोमा साउन ११ गते र ढिलोमा साउन २१ गते बन्द हुनेछ । ऋणपत्र खरिदको लागि लगानीकर्ताहरूले न्यूनतम २५ देखि अधिकतम पाँच लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।