काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन ४५ अंकले ओरालो लागेको बजार परिसुचक साताकोे तेस्रो कारोवार दिन आज मंंगलबार भने १६ दसमलव ३४ अंकले उकालो लागेर २८ सय ७१ दमसलव तीन अंकमा चढेको छ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आज चार दसमलव ७४ अंकले उकालो लागेर पाँच सय ३९ दसमलव ५१ अंकमा चढेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय २३ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसबाट ५३ हजार एक सय ३९ पटकको कारोवारमा एक करोड २३ लाख ४८ हजार तीन सय ८९ कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा आज कुुल कारोवार रकम पाँच अर्ब ५४ करोड ६३ लाख ५६ हजार दुुई सय २४ रुपैयाँ पुुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुुल उपसमुह मध्ये जीवन बीमा उपसमुहको सुचक ओरालो लागेर बाँकी उपसमुहको सुचक उकालो लागेर हरियो भएको छ ।