काठमाडौँ माघ ७
सानिमा बैंक लिमिटेड र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल लिमिटेडबीच बैंकका ग्राहकहरूलाई स्वास्थ्य उपचारमा छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल साझेदार रहेका नेपालका विभिन्न अस्पतालहरूमा उपचारको क्रममा सहजरूपमा भुक्तानीका साथै अस्पतालका विभिन्न सेवा सुविधाहरूमा सात दशमलव पाँच प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
सम्झौतामा बैंकको तर्फबाट प्रमुख निक्षेप अधिकृत बबिसिंह गड्तौला र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका तर्फबाट प्रमुख मार्केटिङ अधिकृत दिनेश पौडेलले हस्ताक्षर गरेका हुुन् । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल काठमाडौँंको टोखामा अवस्थित स्वास्थ्यउपचारसम्बन्धी उच्चस्तरीय सेवा दिने संस्था हो ।