काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको संंस्थापक सेयरधनी समूहका सञ्चालक राजीवविक्रम शाहले पदबाट राजीनामा दिएका छन् । शाहले दिएको राजीनामा कम्पनीको यही असार २८ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ३२ करोड २५ लाख ७० हजार सात सय २९ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा ३१ करोड ५६ लाख २१ हजार तीन सय ४९ रुपैयाँ रहेको थियो । चुक्ता पुँजी तीन अर्ब ३९ करोड आठ लाख ८९ हजार दुुई सय तीन रुपैयाँ रहेको कम्पनीको चालू आवको तेस्रो त्रैमासिक अवधिमा प्रतिसेयर आम्दानी १२ रुपैयाँ ६८ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ३२ रुपैयाँ एक पैसा रहेको छ ।