इस्लामावाद । पाकिस्तान र उज्बेकिस्तान प्रिफरेन्सियल ट्रेड एग्रिमेन्ट अर्थात् एकअर्काको व्यापारलाई प्राथमिकता दिने सम्झौताको नजिक पुगेका छन् ।
दुवै देश पीटीएलाई अन्तिम रुप दिन बुधबार सहमत भएका हुन् । तीन महिनाभित्र फाइनल गरेर दुवै देशले सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेको बताइएको छ । यसले द्विदेशीय व्यापारलाई प्रवर्द्धन गर्ने पाकिस्तानी अनलाइन डनले जनाएको छ । टास्केटमा सम्पन्न व्यापारिक, आर्थिक, वैज्ञानिक र प्राविधिक सहकार्यसम्बन्धी दुई देशको अन्तर्सरकारी आयोगको छैठौँ बैठकले यस्तो सहमति गरेको हो । साथै दुई देशले कृषि, सूचना प्रविधि, शिक्षा र खनिज क्षेत्रमा सहकार्य बढाउने सहमति गरेका छन् ।
यसका साथै दुववै देश औद्योगिक सहकार्य गर्न पनि तयार देखिएका छन् । यसअनुसार टेक्सटाइल उद्योगमा संयुक्त उपक्रम बनाउने, कृषिको यन्त्रीकरण, फलफूल र तरकारी प्याकेजिङ प्रक्रियामा सहकार्य गरिने बताइएको छ ।