काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले सात दशमलव ९९ प्रतिशत (प्रिमियमसहित) आकर्षक ब्याजदरमा विशेष आवास कर्जा योजना ल्याएको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा आवासीय घर निर्माण गर्न तथा अन्य बैंक वित्तीय संस्थाबाट उपभोग गरिरहेको घर कर्जा सार्ने प्रयोजनको लागि आमग्राहकलाई लक्षित गरीे यो योजना ल्याएको हो ।
यस विशेष आवास कर्जा योजनाअन्तर्गत सेवाग्राहीले १५ वर्षसम्मको अवधिका लागि अधिकतम एक करोड ५० लाख रुपैयाँसम्म कर्जा लिन पाउनेछन् र यो योजनामा सहभागी हुने सेवाग्राहीलाई मोबाइल बैंकिङ तथा क्रेडिट कार्डमा लाग्ने शुल्कमा पहिलो वर्ष शतप्रतिशत छुट प्रदान गरिनेछ ।
बैंकले, कोरोना (कोभिड–१९) ले त्रसित बनाइरहेको अवस्थामा ग्राहकलाई छिटो, छरितो एवं सहजरूपमा सेवा दिई हौसला र साथ प्रदान गर्ने उद्देश्यले आवश्यक कागजातहरू पेस गरेको तीन कार्यदिनभित्र विनाझन्झट कर्जा प्रवाह गर्नेछ ।
ग्राहकहरूले नेपालभरि ७६ जिल्लामा फैलिएको बैंकका सम्पूर्ण शाखाहरूबाट यो सुविधा उपभोग गर्न सक्नेछन् । सीमित अवधिको लागि ल्याइएको यस योजनाबाट लाभलिन सम्बन्धित सबै पक्षहरूलाई हार्दिक अनुरोध छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले वर्षेनी यस्तो सरल तथा सहज किसिमको कर्जा योजना ल्याउनेगरेको छ ।