काठमाडौं । विश्वभर तीन अर्ब ५७ करोड ३२ लाख ५८ हजार एक सय १४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन् । एएफपीका अनुसार चीनमा एक अर्ब ४२ करोड ६३ लाख ४७ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ३९ करोड ९६ लाख ९५ हजार आठ सय ७९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।
अमेरिकामा ३३ करोड ५४ लाख ७४ हजार तीन डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा ११ करोड ५३ लाख २४ हजार एक सय ५२ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ । जर्मनी आठ करोड ४९ लाख ८९ हजार आठ सय ५० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । बेलायतमा आठ करोड २३ लाख ९२ हजार एक सय ९४ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ ।
जापान छ करोड ६७ लाख १४ हजार पाँच सय २८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । फ्रान्समा छ करोड ३३ लाख १९ हजार आठ सय पाँच डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । टर्कीमा छ करोड २४ लाख १२ हजार दुई सय ३४ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । इटाली छ करोड पाँच लाख ७१ हजार तीन सय ४१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।