इस्लामावाद । पाकिस्तानको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) २९ प्रतिशतले घटेको छ । सन् २०२० को तुलनामा सन् २०२१ मा उक्त दरले एफडीआई घटेको शुक्रबार स्टेट बैंकले जनाएको छ । जुन महिनामा ५० करोड डलरजति पोर्टफोलियो लगानी भित्रिँदा अझै धेरै सम्भावित गिरावट रोकेको बताइएको छ ।
पाकिस्तानले सन् २०२१ मा एक अर्ब ८४ करोड ७० लाख अमेरिकी डलर प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको डनले जनाएको छ । अघिल्लो वर्ष भने दुई अर्ब ५९ करोड ७० लाख अमेरिकी डलर भित्रिएको थियो । सन् २०२१ को एफडीआई आकार जुन २८.९ प्रतिशतले कम हो ।
पछिल्लो केही वर्षयता एफडीआई आकर्षित गर्न पाकिस्तान असफल भएको बताइएको छ । एफडीआई आप्रवाह हालसम्म दुई अर्ब ७० करोड डलरमाथि अहिलेसम्म पुग्न सकेको छैन । सन् २०१८ मा उक्त कीर्तिमान कायम भएको थियो । गत मेमा ६३ प्रतिशतले बढेको एफडीआई महिनागत तुलनामा गत जुनमा २२.७ प्रतिशतले घटेको थियो ।