लन्डन । लन्डनमा रहेको कम्पनी रिभोलट बेलायतकै सर्वाधिक मूल्यवान् निजी प्रविधि कम्पनी बनेको छ । रिभोलट डिजिटल बैंकिङ र भुक्तानीसम्बन्धी स्टार्टअप कम्पनी हो । यो कम्पनीको मूल्यांकन २४ अर्ब पाउन्ड स्टर्लिङ पुगेको छ । भर्खर स्थापनाको छ वर्ष टेकेको कम्पनी गत वर्षभन्दा छ गुणाभन्दा धेरै मूल्यावान् भएको छ ।
रिभोलटले जापानको सफ्टबैंक र न्युयोर्कको टाइगर ग्लोबल मेनेजमेन्टबाट ८० करोड डलर लगानी भित्र्याएको थियो । उक्त दुवै लगानीकर्ता ग्रुपले कम्पनीमा पााँच प्रतिशत सेयर स्वामित्व पाएका छन् । यसका डेढ करोड प्रयोगकर्ता छन् । रिभोलटले मुद्रा विनिमय सेवा, चालू खाता र क्रिप्टो करेन्सी सेवाा ग्राहकलाई प्रदान गर्छ । ३५ वटा देशमा फैलिएको यो कम्पनी बेलायतमा भर्खर बैंकिङ लाइसेन्स पाउने तरखरमा छ ।
यो कम्पनी सुरुमा क्रिप्टोकरेन्सी बजारमा प्रवेश गरेको थियो । त्यहीँबाट कम्पनीको प्रगति आकाशिएको बताइन्छ । लेम्यान ब्रदर्शका पूर्वव्यापारी निक स्ट्रङस्कीले यसको स्थापना गरेका हुन् । यो कम्पनी विश्वकै वित्तीय सुपर एप बनाउने लक्ष्यसहित अघि बढेको छ ।