काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार, दराजले साउन तीन गतेदेखि दराज र एनएमबी बैंकबीच सम्झौत गरी महाबचत बजार सुरु हुने घोषणा गरेको छ । यो अभियानको मुख्य उद्देश्य ग्राहकहरूका लागि बचत साथै अनलाइन प्रि–पेमेन्ट प्रवर्द्धन गर्नु हो । अभियानको मुख्य हाइलाइटहरू भने चार हजार रुपैयाँसम्मको छुुट, एनएमबी बैंकको डेबिट, क्रेडिट कार्डमार्फत अनलाइन प्रि–पेमेन्टमा दुुई हजार रुपैयाँसम्मको छुट, बम्पर उपहारमा म्याक बुक प्रो १३ जित्ने मौका, निःशुल्क डेलिभारी, निःशुल्क भौचर साथै थुप्रै अरु पुरस्कार जित्ने मौका रहेको छ ।
यो अभियानको लागि एनएमबी बैंकका कार्ड प्रयोगकर्ताहरूले प्रि–पेमेन्टमा आकर्षक छुटको मजा लिन सक्नेछन् । एनएमबी बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १५ प्रतिशत अर्थात् १५ सय रुपैयाँसम्मको छुट पाउनेछन् भने क्रेडिट कार्ड प्रयोगकर्ताहरूले कार्ड प्रि–पेमेन्टमा २० प्रतिशत अर्थात् दुई हजार रुपैयाँसम्म छुट पाउनेछन् । बैंकले हाल देशभर एक सय ८१ वटा शाखा, एक सय ३७ वटा एटीएम काउन्टरहरू तथा नौवटा एक्सटेन्सन काउन्टरमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको जानकारी दिएको छ ।