काठमाडौं । एनआईसी एसिया क्यापिटल लिमिटेडको अध्यक्ष पदमा कपिल ढकाल नियुक्त भएका छन् । कम्पनीको यही साउन एक गते शुुक्रबार सम्पन्न सञ्चालक समितिको ९२औं बैठकको निर्णयबमोजिम सोही दिनदेखि लागू हुनेगरी क्यापिटल लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा एनआईसी एसिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत ढकाललाई नियुक्ति गरेको छ ।
उनीसँग डिलोटी इन्डिया, आईसीआईसीआई बैंक इन्डिया तथा हाम्रो विकास बंैकमा प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरेको अनुभव रहेको छ । उनी प्रोफेसनल चार्टर्ड एकाउन्टेन्ट पनि हो । साथै, उनलाई एनआईसी एसिया बंैकको हालको ट्रान्सफरमेन्सनलको उद्गमबिन्दु मानिएको बिजनेस प्रोसेस रिइन्जिनियरिङ विभागको प्रमुखको भूमिकाबाट उक्त बैंकमा प्रस्थान गरी बैंकको उच्च व्यवस्थापन तहमा रही १२ वर्षभन्दा बढीको बैंकिङ अनुभव उनको रहेकोे छ ।
हाल एनआईसी एसिया लघुवित्त वित्तीय संस्थामा समेत अध्यक्ष रहेका उनले हासिल गरेको लामो कार्यअनुभव तथा उच्च व्यवस्थापकीय क्षमताले आगामी दिनमा क्यापिटलको समग्र व्यवसाय विस्तार र क्यापिटलबाट प्रदान गरिने सेवालाई उत्कृष्ट बनाई क्यापिटलले नयाँ उचाइ चुम्ने विश्वास लिएका छौँ ।
छिटो, छरितो तथा ग्राहकमुखी सेवा दिँदै क्रमिकरूपमा लगानीकर्तामाझ लोकप्रिय बन्दै गइरहेको एनआईसी एसिया क्यापिटल लिमिटेडले हाल म्युचुअल फण्ड, सेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, सेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्शलगायतका मर्चेण्ट बैंकिङ तथा इन्भेष्टमेन्ट बैंकिङसम्बन्धी सम्पूर्ण सेवाहरू प्रदान गर्दै आइरहेको छ ।