ब्रसेल्स । युरोपेली संघको कानुन संशोधनको प्रस्ताव गरिएको छ । खासगरी कम्पनीहरुलाई बिटक्वाइन किनबेचलाई पारदर्शी बनाउन संशोधनको प्रस्ताव गरिएको हो ।
यो संशोधन भए बिटक्वाइनलगायतका क्रिप्टोकरेन्सीहरु किन्ने र बेच्नेको विस्तृत डेटा कम्पनीहरुले संकलन गर्नुपर्ने हुन्छ । योसँगै क्रिप्टो पुँजी थप अनुसन्धेय बन्ने युरोपेली आयोगको भनाइ छ । यसबाट सम्पत्ति शुद्धीकरण र आतंकवादमा वित्तीय लगानी पनि रोकिने आयोगले जनाएको छ ।
नयाँ नियमले पहिचानविनाका क्रिप्टो पुँजीसम्बन्धी वालेटहरुलाई पनि निषेध गर्नेछ । तर यो प्रस्तावले कानुनको रुप लिन दुई वर्ष समय लाग्नेछ । आयोगले क्रिप्टो असेट ट्रान्सफर सम्पत्ति शुद्धीकरणविरुद्धका नियमसँग वाइर ट्रान्सफरका रुपमा सम्बन्धित हुनुपर्ने दाबी गरेको छ ।