काठमाडौं । कागेश्वरी नगरपालिका–५ थली मिलनचोकस्थित वानटेन इन्भेष्टमेन्ट सहकारी संस्थाबाट छ लाख ५८ हजार रुपैयाँ बुधबार राति चोरी भएको छ । चोरी भएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले चोरी गर्ने व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।