काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ११औँ वार्षिकोत्सवका अवसरमा सिन्धुपाल्चोक र मनाङका बाढीपहिरो पीडितलाई १२ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सिन्धुपाल्चोकको हेलम्बुमा सात लाख रुपैयाँ र मनाङको चामेका बाढी पहिरोपीडितलाई पाँच लाख रुपैयाँ सहयोग गरेको हो ।
२०७८ असार १ गतेको बाढी पहिरोबाट ठूलो क्षतिसहित प्रभावित बनेका चामे र हेलम्बुको प्रभावित क्षेत्रमा मेगा बैंकको पनि शाखा रहेकोले स्थानीय समुदाय एवं समाजप्रतिको उत्तरदायित्व बहन गर्दै सो क्षेत्रका समुदायलाई केही सहयोग होस् भन्ने उद्देश्यअनुरूप स्थानीय सरकारमार्फत आर्थिक सहयोग गरिएको बैंकले जानकारी दिएको छ ।