काठमाडौं । प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएसँगै नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेजमा नयाँ सञ्चालक समिति चयन भएको छ । नर्भिक पब्लिक लिमिटेडमा रुपान्तरण भएपछिको यो पहिलो सञ्चालक समिति हो । यही सञ्चालक समितिले सर्वसाधारणका लागि सेयर जारी गर्नेलगायतका निर्णयहरूलाई कार्यान्वयनमा लैजानेछ ।
नर्भिकको नवनियुक्त सञ्चालक समितिको अध्यक्षमा राजेन्द्रबहादुर सिंह छन् । उनी यसअघि नर्भिकको कार्यकारी निर्देशकको रुपमा कार्यरत थिए । प्रबन्धसञ्चालकको रुपमा मेघा चौधरी चयन भएकी छिन् भने सञ्चालकहरूमा भुवनचन्द भट्ट, मनिषकुमार खेम्का र बीएलसी होल्डिङ्सबाट प्रतिनिधित्व गर्दै गजेन्द्र श्रेष्ठ चयन भएका छन् । स्वतन्त्र सञ्चालकको रुपमा हरिहर शर्मा र नारायण बजाज चयन भएका छन् भने कम्पनी सचिवमा सलुजा श्रेष्ठ नियुक्त भएकी छिन् ।
सञ्चालक समितिमा आमन्त्रितको रुपमा पाँच जना नियुक्त गरिएको कम्पनी सचिव श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार नर्भिकको सञ्चालक समितिमा संरक्षक तथा रणनीतिक सल्लाहकारको रुपमा वसन्तकुमार चौधरी रहेका छन् । त्यस्तै सल्लाहकारहरूमा डा. मधु घिमिरे, डा. पंकज जलान, एम.डी. अग्रवाल छन् । सञ्चालक समितिमा आमन्त्रितको रुपमा नर्भिकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र समेत छन् ।