काठमाडौं । महानगरीय अपराध महाशाखा मिनभवनले आइतबार भन्सार छलीका चार सवारीसाधनसहित दुई जनालाई पक्राउ गरेको छ । महाशाखाका प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाका अनुसार सवारीसाधन चोरी गरेको आरोपमा कञ्चनपुरको मैरी फाँट नगरपालिका वडा नम्वर ५ घर भई हाल काठमाडौंको चण्डोल बस्ने अर्जुन कठायत र कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिका २ घर भएका कृष्ण बहादुर रोकायलाई आइतबार पक्राउ गरिएको हो ।
महाशाखाबाट खटिएको प्रहरी टोलीले उपत्यकाका विभिन्न स्थानबाट तीन थान मोटरसाइकल र एक थान कारसहित चार थान सवारीसाधनसहित ती व्यक्तिहरुलाई पक्राउ गरिएको हो । बरामद सवारीसाधनलाई आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय गौचरण काठमाडौं पठाइएको र सो सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।