काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रीले सगरमाथा सिमेन्टको ओपीसी सिमेन्ट २५ किलोको हाफ प्याक बजारमा ल्याएको छ । उपभोक्ताको माग र सहज आपूर्तिलाई मध्यनजर गर्दै कम्पनीले हाफ प्याक बजारमा ल्याइएको बताइएको छ । यस २५ किलोका हाफ प्याक बोराले वितरण प्रणालीमा सहज हुने र स–साना सिमेन्टसँग जोडिएका निर्माणका कार्यहरु गर्न सजिलो हुने कम्पनीको दाबी छ । नेपालको भौगोलिक अवस्थाका कारण विकास निर्माणका काममा आवश्यक सामग्रीहरू सजिलै एक ठाउँबाट अर्को ठाउँमा लान निकै कठिन छ ।
विशेषतः हिमाली क्षेत्रमा विकास निर्माणका कार्यहरू गर्दा निर्माण सामग्री ओसारपसारमै लागत तथा समयको बढी खर्च हुने भएकोले निर्माणकार्य बढी खर्चिलो हुने गरेको छ । यसै कुरालाई मध्यनजर गर्दै कम्पनीले सगरमाथा ब्रान्डका कम तौलका सिमेन्टका बोराहरू जसलाई ओसारपसार गर्न सहज, निर्माणमा समेत अनावश्यक खेर कम र निर्माणसमेत कम खर्चिलो होस् भन्ने हेतुले यो २५ किलोको हाफ प्याक सिमेन्ट बजारमा ल्याएको जानकारी दिएको छ ।