काठमाडौं । नेपाल बंगलादेश वैंकले विस्तारित सेवा केन्द्रको सुभारम्भ गरेको छ । बैंकका अनुसार मोरङ जिल्ला, लेटाङ नगरपालिकाको बवुधबारे बजारमा आफ्नो आठौँ विस्तारित सेवा केन्द्रको औपचारिक शुभारम्भ गरिएको हो ।
बुधबारे बजार लेटाङ नगरपालिकाको वडा नम्बर १, २ र ३ तथा केराबारी गाउँपालिकाको वडा नम्वर ९ का लागि केन्द्रको रूपमा स्थापित भई बैंकिङ पहुँचबाट टाढा रहेको अवस्थामा लेटाङ नगरपालिकाको अनुरोधका साथै ग्रमीण भेगमा वित्तीय पहुँच पु-याई हरेक नेपालीको एक बैंक खाता खोल्ने नेपाल सरकारको नीतिलाई सघाउ पु-याउने उद्देश्यका साथ एक औपचारिक कार्यक्रमका बीच बैंकले आफ्नो सेवा केन्द्र सञ्चालनमा ल्याएको हो । उक्त विस्तारित सेवा केन्द्रको सुभारम्भ प्रदेश नम्बर १, मोरङ ‘ख’का प्रदेश सांसद उपेन्द्र घिमिरेले गरेका थिए ।
यो विस्तारित सेवाबाट यस भेगमा छरिएर रहेको पुँजीलाई एकीकृत गर्न सघाउ पुग्नका साथै विदेशबाट प्राप्त हुने रेमिट्यान्स सोझै बैंक खातामा जम्मा हुने, चेक क्लियरिङ तथा व्यवसायजन्य कारोबारका लागि लागि अन्यत्र टाढा जान नपर्ने, सामाजिक सुरक्षालगायत नेपाल सरकारबाट बैंकिङ प्रणालीमार्फत प्राप्त हुने सम्पूर्ण सेवाहरू सजिलै प्राप्त गर्ने, शिक्षक एवं कर्मचारीहरूको तलबी खाता सञ्चालन गर्न सहज हुनेलगायतका सेवाहरू सहजै प्राप्त हुने बैंकले जानकारी गराएको छ । ‘सबैका लागि बैंक’ भन्ने मुल उद्देश्य राखी स्थापनाको २७आँै वर्ष पूरा गरेको नेपाल बंगलादेश बैकले आफ्ना ९९ शाखा, आठवटा एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटीएमबाट बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको छ ।