काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७–०७८ को चौथो त्रैमासिक अवधिमा ११ करोड ४३ लाख १६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । संस्थाले अघिल्लो आवको सोही अवधिमा भने तीन करोड ४४ लाख ६६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
हाल चुक्ता पुँजी २० करोड ६० लाख २७ हजार रुपैयाँ रहेको संस्थाले आव २०७७–०७८ को चौथो त्रैमासमा ९० करोड २८ लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ४३ करोड ७४ लाख ८७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २३ करोड ७६ लाख पाँच हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ९२ लाख ६९ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव २५ प्र्रतिशत रहेको छ ।
अघिल्लो आवको सोही अवधिम भने संस्थाले ६० करोड ३२ लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ९७ करोड ३५ लाख ६१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १५ करोड ९४ लाख ८९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम चार करोड ५२ लाख ५७ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ६१ प्रतिशत रहेको थियो ।