काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले दुई करोड ५० लाखको मृत्युदाबी भुक्तानी हस्तान्तरण गरेको छ । कोहलपुर नगरपालिकाका सर्जन विकको मृत्युपछि कम्पनीको नियमअनुरूप सो दाबीभुक्तानी रकम बीमितको इच्छाइएको व्यक्ति धर्मपत्नी श्रीमती सपना मल्ललाई हस्तान्तरण गरेको हो ।
दाबी भुक्तानी कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजु रमन पौडेल, कम्पनीका सञ्चालक समितिका अध्यक्ष तारा चन्द केडिया, सञ्चालक जगदीशकुमार अग्रवाललगायत कम्पनीका पधाधिकारीको उपस्तिथि रहेको थियो । कम्पनीले हालसम्म आठ करोड २३ लाख रुपैयाँबराबरको दाबी रकम भुक्तानी गरेको छ ।