काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी राम खड्कालाई पक्राउ गरेको छ । सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार बैंकिङ कसुर मुद्दाका पटके फरार प्रतिवादी खड्कालाई काठमाडौँको हात्तीगौडाबाट पक्राउ गरिएको हो । ब्युरोको फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरूको खोजतलास एवं प्रक्राउको लागि परिचालित प्रहरी टोलीले बैंकिङ कसुर (चेक बाउन्स) मुद्दामा उच्च अदालत पाटनबाट कसुरदार ठहर भई फरार रहेको अवस्थामा ४६ वर्षीय खड्कालाई पक्राउ गरिएको हो ।
पक्राउ परेका खड्कालाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ । प्रतिवादीले खड्काले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी एनआईसी एसिया बैंकको चेक काटी दिई बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट २०७८ वैशाख १४ गते खड्काउपर नगद जरिवाना तथा जेल सजाए तोकिएको थियो । सोअनुरूप प्रतिवादी खड्कालाई नौ लाख रूपैयाँ जरिवाना र नौ दिनको कैद सजाय तोकिएको थियो ।