काठमाडौं । लक्ष्मी उन्नति कोषले सेयर मूल्य समायोजन गरेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का अनुसार साताको चौथो कारोबार दिन बुुधबार कोषले २५ प्रतिशत नगद लाभांश समायोजन गरी प्रतियुनिट सेयर मूल्य १२ रुपैयाँ ६२ पैसा तोकेको हो । पछिल्लो पटक भने कोषको प्रतियुनिट १५ रुपैयाँ १२ पैसामा सेयर कारोबार भएको थियो ।