काठमाडौं । सेयर बजार परिसुचक झिनो अंकले उकालो लागेको छ । साताको पहिलो कारोवार दिन आज आईतबार बजार परिसुचक एक दसमलव २५ अंकले उकालो लागेर तीन हजार ८१ दसमलव पाँच अंकमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव २४ अंकले उकालो लागेर पाँच सय ७२ दसमलव १५ अंकमा चढेको छ । यसदिन १३ वटा उपसमुह अन्तर्गत दुई सय २६ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसअन्तर्गत एक लाख १७ हजार चार सय ९० पठकको कारोवारमा तीन करोड तीन लाख ४२ हजार तीन सय ५२ कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुुंदा यस दिन कुल सेयर कारोवार रकम १२ अर्ब १० करोड ३८ लाख ७१ हजार आठ सय ६२ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यसदिन कारोवार भएका कुल उपसमुहरु मध्ये सात वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने छ वटा उपसमुहरुको सुचक उकालो लागेका छन् । जसमध्ये बाँणिज्य बैंक उपसमुहको सुचक पाँच दसमलव ६३ अंकले ओरालो दुई हजार ९४ दसमलव १८ अंकमा झरेकोमा निर्जिवन बीमा उपसमुहको सुचक पनि एक सय ७१ दसमलव ५७ अंकले ओरालो लागेर १४ हजार आठ सय २१ दसमलव २६ अंकमा झरेको छ ।
फाईनान्स उपसमुहको सुचक पनि ३१ दसमलव ७२ अंकले ओरालो लागेर दुई हजार छ सय ५४ दसमलव ३८ अंकमा झरेकोमा जीवन बीमा उपसमुहको सुचक पनि दुई सय नौ दसमलव तीन अंकले ओरालो लागेर १८ हजार ६२ दसमलव ५४ अंकमा झरेको छ।
यि बाहेक होटल तथा पर्यटन, अन्य र सामुहिक लगानी कोष यपसमुहहरुको सुचक पनि क्रमश ९१ दसमलव ४७, ३१ दसमलव ५८ र शुन्य दसमलव शुन्य दुई अंकले ओरालो लागेका छन् । बिकास बैंक उपसमुहको सुचक भने १९ दसमलव २७ अंकले उकालो लागेर चार हजार नौ सय १० दसमलव ७२ अंकमा चढेकोमा जलबिद्युत उपसमुहको सुचक पनि ७९ दसमलव ९१ अंकले उकालो लागेर तीन हजार दुई सय ९२ दसमलव ८८ अंकमा चढेको छ ।
यसैगरी लघुबित्त उपसमुहको सुचक पनि ६५ दसमलव २१ अंकले उकालो लागेर पाँच हजार छ सय ३५ दसमलव ७८ अंकमा चढेकोमा ट्रेडिङ, उत्पादनमुलक र लगानी उपसमुहहरुको सुचक पनि क्रमश ७० दसमलव ६५, ३४ दसमलव ७८ र एक दसमलव ८३ अंकले उकालो लागेका छन् ।