इस्लामाबाद । पाकिस्तानी उद्यमीलाई लक्षित गर्दै सामाजिक सञ्जाल कम्पनी फेसबुकले ‘मार्केटप्लेस’ नामक ग्राहकलक्षित सेवा ल्याएको छ । यसबाट मानिसले किनबेच गर्न सक्नेछन् ।
योसँगै पाकिस्तानमा इकमर्सको नयाँ अध्याय सुरु भएको डन अनलाइनले जनाएको छ । पाकिस्तानमा अमेजनले पनि यस किसिमको मार्केटप्लेस ल्याइसकेको छ । यसले साना उद्यमीलाई अनलाइनबाटै वस्तु बिक्री गर्न सहयोग पुग्नेछ ।
फेसबुकले यस किसिमको मार्केटप्लेस अन्यत्र भने सन् २०१६ मै ल्याएको थियो । तर पाकिस्तानमा रहेका फेसबुक प्रयोगकर्ता यो सेवा उपभोगको पहुँचबाट टाढै थिए । साना व्यवसायलाई महामारीको विषम परिस्थितिमा यसले धेरै सघाउने अपेक्षा गरिएको छ । यसबाहेक महिला उद्यमीलाई पनि मार्केटप्लेसले सहयोग पु-याउनेछ ।