काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७–०७८ मा को चौथो त्रैमासिक अवधिमा १० करोड ८३ लाख ६१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाको यस्तो नाफा पाँच करोड १३ लाख २८ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी २८ करोड ५६ लाख २० हजार रुपैयाँ रहेको संस्थाले आर्थिक वर्ष २०७७–०७८ मा चौथो त्रैमासमा ९३ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ७१ करोड सात लाख ७२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २० करोड ४९ लाख तीन हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ८३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने संस्थाले ६० करोड ६३ लाख २५ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ७१ करोड ५९ लाख ३७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १२ करोड ३४ लाख ७९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा एक दशमलव ९२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।