काठमाडौं । ज्योति विकास बैंकले स्मार्ट लगानीकर्ताहरूका लागि ‘ज्योति स्मार्ट सेभिङस’ बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार सेयरबजारमा लगानी गर्न इच्छुक नयाँ लगानीकर्ताहरूलाई लक्षित गर्दे शून्य मौज्दातमा बचत, हितग्राही खाता (डिम्याट खाता) र मेरो सेयरलगायतको तीनवटै सुविधा भएको ज्योति स्मार्ट सेभिङ्स बचत योजना सार्वजनिक गरेको हो ।
बचत सँगसँगै डिम्याट खाता र मेरो सेयर सुविधा लिई लगानी गर्न सहज तथा सरल गराउने उद्देश्यले ग्राहकहरूको लागि ज्योति स्मार्ट सेभिङ्स खाता सञ्चालनमा ल्याइएको हो । यस बचत खातामा ग्राहकहरूले शून्य मौज्दातमै निःशुल्क डिम्याट खाता र पहिलो वर्षको सेवा शुल्क, निःशुल्क मेरो सेयर रजिस्ट्रेसन शुल्क, निःशुल्क सी–आस्वा, निःशुल्क मोबाइल बैंकिङ सेवा, निःशुल्क इन्टरनेट बैंकिङ सेवा र निःशुल्क डेबिट कार्ड सुविधा पाउनेछन् ।
यसका साथै बचत खातामा महिला निक्षेपकर्ताहरूको लागि ज्योति लकर सुविधाको वार्षिक सेवाशुल्कमा ५० प्रतिशत छुट र धितो रकममा ३० प्रतिशत छुटको सुविधाहरू पनि रहेका छन् । ज्योति स्मार्ट सेभिङ्स खाता बैंकको सम्पूर्ण एक सय पाँचवटा शाखाहरू र अनलाइनमार्फत पनि खोल्न सकिने बैंकले जानकारी दिएको छ । ज्योति विकास बैंक ग्राहक केन्द्रित भई ग्राहकहरूको आवश्यकता र मागहरूलाई अनुसरण गर्दै नवीनतम सुविधाहरू ल्याई ग्राहकहरूको बैंकसँगको कारोबारलाई थप दीर्घकालीन र प्रभावकारी बनाउन सक्रिय रहँदै आएको छ । बैंकले हाल एक सय पाँचवटा शाखा कार्यालय, एउटा एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आइरहेको छ ।