काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन एक दसमलव २५ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको दोस्रो कारोवार दिन आज सोमबार पनि चार दसमलव छ अंकले उकालो लागेर तीन हजार ८५ दसमलव सात अंकमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव तीन अंकले उकालो लागेर पाँच सय ७२ दसमलव ४६ अंकमा चढेको छ । १३ वटा उपसमुह अन्तर्गत दुई सय २६ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसअन्तर्गत आज एक लाख पाँच हजार पाँच सय ७९ पटकको कारोवारमा दुई करोड १८ लाख ९४ हजार दुई सय नौ कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद बिक्री भएकोमा कारोवार रकम १० अर्ब ९८ करोड ३५ लाख ९९ हजार ९४ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज सोमवार कारोवार भएका कुुल उपसमुह मध्ये पाँच वटा उपसमुहको सुचक उकालो लागेका छन् भने आठ वटा उपसमुहको सुचक ओरालो लागेका छन् । जसमध्ये बाणिज्य बैंक, फाईनान्स, लघुबित्त, उत्पादनमुलक र लगानी उपसमुहहरुको सुचक उकालो लागेका छन् भने बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, जलबिद्युुत, अन्य र सामुहिक लगानी कोष उपसमुहरुको सुचक भने ओरालो लागेका छन् ।