काठमाडौं । कुमारी बैंक लिमिटेडले उदयपुरको बेलकामा निर्माणाधीन अवस्थामा रहेको अक्सिजन प्लान्टलाई तीन लाख रुपैयाँ सहयोग गरेको छ । एक औपचारिक कार्यक्रमका बीच बेलका नगरप्रमुख दुर्गाकुमार थापा र उपप्रमुख राजकुमारी चौधरीलाई बेलका शाखाले चेक हस्तान्तरण गरेको हो ।
विगत तीन वर्षदेखि सेवा सञ्चालन गर्दै आएको बैंकले स्थानीयको दैनिक आर्थिक कारोबार सहजीकरण गर्दै सामाजिक उतरदायित्वअन्तर्गत अक्सिजन प्लान्टलाई आर्थिक सहयोग गरेको कुमारी बैंक बेलका शाखा प्रमुख अमित झाले जानकारी दिएका छन् ।
बेलका नगरप्रमुख दुर्गाकुमार थापाले कुमारी बैंक बेलका शाखालाई धन्यवाद दिँदै आगामी दिनमा समेत सहयोगको अपेक्षा राखेको बताए । बैंकले देशभर रहेका एक सय ९४ शाखा सञ्जाल, एक सय ६५ एटीएम, १३ एक्टेनसन काउन्टरलगायत २८ वटा शाखारहित एकाइमार्फत अत्याधुनिक बैंकिङ सेवाहरू उपलब्ध गराउँदै आएको छ ।