काठमाडौं । नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष मधुकुमार मरासिनीले राजीनामा दिएका छन् । नेपाल सरकार, अर्थ मन्त्रालयको प्रतिनिधिको रूपमा बैंकको सञ्चालक समितिमा मनोनयन भई अध्यक्ष पदको जिम्मेवारीमा रहेका मरासिनीले यही साउन १८ गते सोही मितिबाट लागू हुनेगरी आफ्नो पदबाट राजीनामा दिएको बैंकले जनाएको छ ।