काठमाडौं । नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँको निक्षेप संंकलन उपकरण बिक्री गरेको छ । राष्ट्र बैंकका अनुसार साउन २१ गते बिहीबार अपरान्ह तीन बजेसम्ममा बोलकवोलको माध्यमद्वारा उक्त परिमाणको निक्षेप उपकरण बिक्री गरिएको हो ।
परिपक्व हुने अवधि सात दिन तोकिएको उक्त उपकरणको साँवा ब्याज भुक्तानी अवधि २०७८ साउन २८ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार उक्त निक्षेप उपकरण वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले खरिद गरेका हुन् ।
खरिदकर्ताहरूको लागि घटीमा पाँच करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुल आह्वान रकमसम्मको सीमा निर्धारण गरिएको थियो । राष्ट्र बैंकका अनुसार बैंक तथा फाइनान्स कम्पनीहरूले खरिद गरेको निक्षेप संकलन उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाइनान्स कम्पनीहरूमा धितोकोरूपमा समेत प्रयोग गर्न सकिनेछ ।