काठमाडौंं । महिला लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/०७८ मा नौ करोड २९ लाख ८२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाको यस्तो नाफा तीन करोड ४७ लाख १३ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको संस्थाले आव २०७७/०७८ मा ९२ करोड ८० लाख ९० हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ३३ करोड ६७ लाख ८५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २४ करोड चार लाख ८३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको १० करोड २२ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ७१ प्रतिशत रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने संस्थाले ६६ करोड पाँच लाख ५५ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ७३ करोड ८२ लाख ६३ हजार रुपैयाँ, कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १२ करोड ८२ लाख ८२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम चार करोड छ लाख पाँच हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ७८ प्रतिशत रहेको थियो ।