काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/०७८ मा छ करोड १३ लाख २६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाको यस्तो नाफा ४७ लाख ९० हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी चार करोड २० लाख रुपैयाँ रहेको संस्थाले आव २०७७/०७८ मा ८० करोड चार लाख ६४ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ६८ करोड ९८ लाख ८० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १२ करोड ५४ लाख १९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ७० प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने संस्थाले ६८ करोड ८८ लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब सात करोड १५ लाख १८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा आठ करोड ८४ लाख ६३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ८१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।