काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं. ३ अन्तर्गत हेटौंडा उ.म.न.पा वडा नं. ४ मा २५औँ शाखा खोलेको छ । उक्त शाखाको प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी तथा गोर्खाज फाइनान्सका अध्यक्ष यादवचन्द्र राईले संयुक्त रुपमा उद्घाटन गरेको फाइनान्सले जानकारी दिएको छ ।
फाइनान्सका प्रमुख कार्यकारी लालबहादुर थिङले फाइनान्स कम्पनीको बारेमा जानकारी दिए । फाइनान्सले निःशुल्क डेबिट कार्ड, इन्टरनेट बैंकिङ, एबीबीएस सेवा, चेकबुक, कनेक्ट आईपीएस तथा रेमिट्यान्स सेवा दिँदै आएको छ । हालसम्म फाइनान्सले मुख्य कार्यालयसहित २४ वटा शाखा कार्यालयहरु रवि, बिर्तामोड, दमक, इटहरी, धरान, भेडेटार धनकुटा, भोजपुर, छप्रादी सिराहा, बनेपा, वीरगञ्ज, नारायणघाट, पोखरा, लखनचोक बुटवल, बिजौरी दाङ, नेपालगञ्ज सुर्खेत, चौमाला कैलाली, बेलटार उदयपुर तथा काठमाडौं उपत्यकाभित्र डिल्लीबजार, बौद्ध, गोंगबु, न्युरोड, सातदोबाटो र भक्तपुर गरी देशको सातैवटा प्रदेशमार्फत सर्वसाधारणलाई सेवा दिइरहेको छ ।