काठमाडौं । संयुक्त सरकारले सार्वजनिक गरेका साझा कार्यक्रममा आर्थिक नीति तथा कार्यक्रममा नेपाललाई विकसित मुलुकको स्तरमा पु-याउने, जल, जमिन, जंगल, जडीबुटी र जनशक्तिको उच्चतम सदुपयोग गर्ने, वित्तीय संघीयताको मान्यताअनुरुप स्रोतको बाँडफाँट गर्ने, लगानीमैत्री वातावरण निर्माण गर्ने, कृषिको व्यवसायीकरण गर्ने, ऊर्जा विकासलाई अर्थतन्त्र निर्माणको आधार बनाउनेलगायतका विषय समावेश गरिएको छ ।
नेपाललाई विकसित मुलुकको स्तरमा पु-याउन सरकारी, सहकारी र निजी क्षेत्रको समन्वयात्मक तथा क्रियाशील भूमिकाका आधारमा विकास निर्माण लगायतका समग्र आर्थिक कार्यक्रम सञ्चालन गर्ने, आर्थिक क्षेत्रसँग सम्बन्धित विचाराधीन सबै विधेयक तीन महिनाभित्र पारित गर्ने पनि कार्यक्रममा समावेश छ ।
जल, जमिन, जंगल, जडीबुटी र जनशक्ति जस्तो महत्वपूर्ण स्रोत साधनहरुको उच्चतम सदुपयोग गरी मुलुकलाई तीव्र आर्थिक विकासको बाटोमा डो-याउन पूर्वाधार तयार गर्ने र उत्पादन तथा उत्पादकत्व वृद्धि गर्दै समन्यायिक पूर्वाधार तयार गर्ने र उत्पादन तथा उत्पादकत्व वृद्धि गर्दै समन्यायिक वितरणमा आधारित आर्थिक नीति अवलम्बन गर्ने वित्तीय संघीयताको मान्यताअनुरुप स्रोत साधनको बाँडफाँट गर्ने पनि कार्यक्रममा उल्लेख छ ।
त्यस्तै निर्वाहमुखी कृषिको आधुनिकीकरण, यन्त्रीकरण र व्यवसायीकरण गर्ने । मलको आपूर्ति सुनिश्चित गर्ने, उखु उत्पादक किसानको समस्या समाधान गर्ने र कृषि उत्पादनको जीवन चक्रमा पर्ने जोखिमको न्यूनीकरण गर्ने । कृषि उपजको बजार मूल्य तोकी खरिदको सुनिश्चितता गर्ने र आधारभूत तथा दैनिक उपभोग्य कृषिजन्य उपजमा आत्मनिर्भर हुने । कृषि बीमाको व्यवस्था गरी जोखिम न्यूनीकरण गर्ने । जल तथा प्राकृतिक स्रोतको दिगो उपयोग हुने गरी ऊर्जा विकासलाई अर्थतन्त्र निर्माणको मुख्य आधार बनाउँदै आन्तरिक लगानीबाटै मझौला, ठूला तथा जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्ने र निर्यातमूलक आयोजनाहरुमा विदेशी लगानी आकर्षित गर्ने ।
विद्युत् खपतका लागि उद्योगधन्दा, कलकारखाना, यातायातको विकास गर्ने । विद्युत् खपतका लागि उद्योगधन्दा कलकारखाना, यातायातको विकास गर्ने । गरिब र विपन्नका लागि विद्युत् महशुल घटाउने र पहुँच बढाउने । आन्तरिक खपतभन्दा अधिक रहेका विद्युत् निर्यातका लागि छिमेकी मुलुकहरुसँग द्विपक्षीय र बहुपक्षीय संवाद अगाडि बढाउने र उच्च क्षमताको विद्युत् प्रसारणलाइन जडान गर्ने विषयवस्तु न्यूनतम साझा कार्यक्रममा समावेश गरिएको छ ।