काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । साताको दोस्रो कारोवार दिन आज सोमबार पनि बजार परिसुचक एक दमसलव ५४ अंकले उकालो लागेर तीन हजार एक सय नौ दसमलव ६६ अंकमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने यसदिन दुई दसमलव पाँच अंकले ओरालो लागेर पाँच सय ७५ दसलव ९५ अंकमा झरेको छ । यसदिन १३ वटा उपसमुह अन्तर्गत दुई सय २४ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसबाट एक लाख २८ हजार नौ सय ५९ पटकको कारोवारमा दुई करोड ५३ लाख ८३ हजार छ सय ९९ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार यसदिन कुल कारोवार रकम १४ अर्ब १३ करोड ७३ लाख ३८ हजार आठ सय ८१ रुपैयँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यसदिन कारोवार भएका कुल उपसमुहरु मध्ये चार वटा उपसमुहरुको सुचक उकालो लागेका छन् भने नौ वटा उपसमुहरुको सुचक ओरालो लागेका छन् । जसमध्ये बाणिज्य बैंक उपसमुहको सुचक १२ दसमलव आठ अंकले ओरालो लागेर दुई हजार ९० दसमलव ६८ अंकमा झरेकोमा बिकास बैंक उपसमुहको सुचक पनि ५३ दसमलव १२ अंकले ओरालो लागेर पाँच हजार ३८ दसमलव २७ अंकमा झरेको छ । यसैगरी होटल तथा पर्यटन उपसमुहको सुचक पनि ३७ दसमलव ६६ अंकले ओरालो लागेर तीन हजार सात सय छ दसमलव ९८ अंकमा झरेकोमा लघुबित्त उपसमुहको सुचक पनि ५५ दसमलव ४४ अंकले ओरालो लागेर पाँच हजार छ सय ८८ दसमलव २३ अंकमा झरेको छ ।
यसदिन ट्रेडिङ, उत्पादनमुलक, सामुुहिक लगानी कोष र लगानी समुहरुको सुचक पनि क्रमश ४३ दसमलव ८३, ५५ दसमलव ८२, शुन्य दसमलव शुन्य छ र शुन्य दसमलव ६४ अंकले ओरालो लागेका छन् । जलबिद्युत समुहको सुचक भने एक सय १९ दसमलव ५७ अंकले उकालो लागेर तीन हजार छ सय ९३ दसमलव ८० अंकमा चढेकोमा फाईनान्स उपसमुहको सुचक पनि ९० दसमलव ९१ अंकले उकालो लागेर दुई हजार आठ सय छ दसमलव ११ अंकमा चढेको छ ।
यसैगरी निर्जिवन बीमा समुहको सुचक पनि ३९ अंकले उकालो लागेर १४ हजार चार सय ८८ अंकमा चढेकोमा जीवन बीमा उपसमुहको सुचक पनि ४८ दसमलव चार अंकले उकालो लागेर १७ हजार नौ सय ६२ दसमलव १४ अंकमा चढेको छ ।