काठमाडौं । कृृषि विकास बैंक र नेपाल स्टक एक्सचेन्ज लिमिटेडबीच सम्झौता भएको छ । मंगलबार बैंकको एक हजार अंकित दरका ६० लाख कित्ताबराबरको कृषि ऋणपत्र निष्काशन चार प्रतिशत ब्याजदर रहेको ‘कृषि ऋणपत्र’ को सूचीकरण गरी कारोबारका लागि कृषि विकास बैंकर नेपाल स्टक एक्सचेन्जबीच धितोपत्र सूचीकरणसम्बन्धी सम्झौता सम्पन्न भएको हो ।
सम्झौतामा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र नेपाल स्टक एक्सचेन्जको तर्फबाट चन्द्रसिंह साउदले हस्ताक्षर गरेका हुुन् । सम्झौतापश्चात कृषि विकास बैंक लिको ‘कृषि ऋणपत्र’ को दोस्रो बजारमा कारोबार सुरु हुनेछ। उक्त अवसरमा बैंकका विभागीय प्रमुख प्रेमकुमार श्रेष्ठ, कम्पनी सचिव हिमलाल पौडेल, नेपाल स्टक एक्सचेन्जका प्रविन पन्ढाक, कुलचन्द्र रिजाल, भेषराज नेपाल, नवराज थापा र एन आईबीएलएस क्यापिटल लिका डेपुटी सीईओ मेखबहादुर थापाकोसमेत उपस्थिति रहेको थियो ।