काठमाडौं । महालक्ष्मी विकास बैंक र होटल सम्बलाबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरूलाई गुणस्तरीय सेवाको साथसाथै थप सुविधा प्रदान गर्ने उद्देश्यले बैंकको महाराजगञ्ज शाखाको अगुवाइमा होटल शम्बला प्रालिसँग बुधबार सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकका ग्राहकहरूले होटलका विभिन्न सेवाशुल्कहरूमा छुट पाउनेछन् ।
जसअनुसार बैंकको डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले फुड एण्ड बेभरेज अधिकतम १५ प्रतिशत छुट प्राप्त गर्नुका साथै स्पामा १० प्रतिशत छुुट प्राप्त गर्न सक्नेछन् । सम्झौतापत्रमा होटलका तर्फबाट सञ्चालन प्रबन्धक रबिन मानन्धर र बैंकका तर्फबाट महाराजगञ्ज शाखाका प्रमुख पल्लभ श्रेष्ठले हस्ताक्षर गरेका हुन् । बैंकले हाल देशभर एक सय तीनवटा शाखाहरूबाट बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङमार्फत कारोबार गरी आफू सुरक्षित भई अरुलाई पनि सुरक्षित राख्न हार्दिक अपिल पनि गरेको छ ।