काठमाडौं । चर्चित अटोमोबाइल ब्रान्ड ‘चेरी’ आधिकारिक रुपमा नेपाली बजारमा प्रवेश गरेको छ । बिहीबार आयोजित एक भर्चुअल हस्ताक्षर समारोहमार्फत कम्पनीले नेपालमा आफ्नो आधिकारिक वितरकको रूपमा एसपीजी अटोमोबाइल्ससँग सम्झौता गरेको छ ।
चेरी २००३ देखि चीनको सबैभन्दा ठूलो प्यासेन्जर भेहिकल निर्यातकर्ता हो । यो बहुप्रतीक्षित ब्रान्डले नेपालको अटोमोबाइल क्षेत्रमा प्रवेश गरेपछि नेपाली अटोमोबाइल उद्योगमा सकारात्मक प्रभाव पार्ने कुरामा कम्पनी विश्वस्त छ । चेरी इन्टरनेशनलका अध्यक्ष झाङ गुइविङका अनुसार दुई पक्षबीचको सहकार्यले नेपाली अटोमोबाइल क्षेत्रको विकासमा टेवा पुग्नेमा चेरी इन्टरनेशनल विश्वस्त छ ।
साथै नेपालमा दीर्घकालीन व्यापार रणनीतिको अनुसरण गर्दै चेरीले नयाँ उत्पादनको माध्यमबाट प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने र बजार मागलाई सम्बोधन गर्ने उनले जानकारी दिए ।