काठमाडौं । प्रत्येक आमाबावुले आफ्नो बच्चाको उज्वल भविश्यको लागि आजको बचतबाट भविष्यको सपना साकार पार्ने इच्छा राखेको हुन्छ । यही मान्यतालाई मध्यनजर गर्दै महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ‘महालक्ष्मी बाल बचत बीमा योजना’ योजना सुरु गरेको छ । बीमा कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले यो बीमा योजना बिक्रीवितरणको लागि शुभारम्भ गरे ।
यस बीमा योजनामा बचत, बचतमा प्रतिफल र बच्चाको जोखिम वहनको सुविधा समेत रहेको छ । बच्चा जन्मेको १ महिनादेखि बच्चा १८ वर्ष नपुगुन्जेल यस बीमा योजना लिन सकिन्छ भने बीमा अवधिको छनोट बच्चा १८ वर्ष पुगेपछि ३५ वर्ष नपुग्दासम्मको अवधि राखी ५ देखि २५ वर्षका लागि गर्न सकिन्छ । साथै बच्चा बालिग भइसकेपछि बीमालेखको अख्तियार पूर्ण रूपमा हस्तान्तरण हुनेछ ।
कम्पनीका अनुसार यस योजनाअन्तर्गत बीमा अवधि समाप्तिमा बच्चाको भविश्य निर्माणको लागि बीमांक रकम र आर्जित बोनस रकम प्रदान गरिनेछ । कुनै कारणवश बीमा चालू अवस्थामा बीमितको मृत्यू भएमा तत्कालै २५ प्रतिशत बीमांक रकम भुक्तानी दिइने र बाँकी ७५ प्रतिशत बीमांक रकम, आर्जित बोनस र ब्याज बीमा अवधि समाप्तिमा प्रदान गरिने गरी थप सुविधा यस योजनामा समावेश गरिएको छ ।