काठमाडौं । प्राइम कमर्सियल बैंकले आर्थिक वर्ष २०७७–०७८ मा तीन अर्ब २५ करोड ४७ लाख ७७ हजार चार सय २१ रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा दुई अर्ब २५ करोड १४ लाख ७८ हजार तीन सय रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १६ अर्ब आठ करोड ३० लाख ३६ हजार नौ सय रूपैयाँ रहेको बैंकले आव २०७७–०७८ मा एक खर्ब ५४ अर्ब १४ करोड ९९ लाख ६५ हजार चार सय ४५ रूपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३५ अर्ब ३७ करोड ६६ लाख ४९ हजार सात सय १९ रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच अर्ब ९५ करोड २१ लाख ११ हजार १२ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव १९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ चार दशमलव नौ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने दुई अर्ब ६६ करोड ३१ लाख ८७ हजार एक सय २२ रूपैयाँ रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने बैंकले एक खर्ब १९ अर्ब ४४ करोड १६ लाख १३ हजार छ सय २३ रूपैयाँ निक्षेप संकलन गरी एक खर्ब १० अर्ब ४३ करोड ५७ लाख ९३ हजार ६९ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार अर्ब ६४ करोड छ लाख २१ हजार ८० रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ४८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर चार दशमलव २२ प्रतिशत रहेको छ ।