काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले आफ्नो सेवा राज्यभर विस्तार गर्दै लाने क्रममा शुुक्रबारदेखि रूपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नं. १, ड्राइभरटोलमा आफ्नो २०औं शाखा सञ्चालनमा ल्याएको छ । फाइनान्सको ड्राइभरटोल शाखाको समुद्घाटन फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले गरेका हुन् ।
आईसएफसी फाइनान्सले मोबाइल बैंकिङ, इन्टरनेन्ट बैकिङ, लकर सेवा, एटीएम सेवा, सी–आस्वा सेवा, डिम्याट, मेरो सेयर, सेवा, रेमिटेन्स सेवा, विभिन्न प्रकारका निक्षेप, कर्जा सुविधा तथा अन्य सम्पूर्ण अत्याधुनिक डिजिटल बैंकिङ सुविधाको साथमा विगत १७ वर्षदेखि आफ्नो ग्राहकलाई बैंकिङ सुविधा प्रदान गरिरहेको छ ।
फाइनान्सले हालसम्म २० वटा शाखा कार्यालय, एक एक्स्टेन्सन काउन्टर र १९ वटा एटीएममार्फत आफ्ना ग्राहकहरूलाई सेवा दिइरहेको छ । चुक्ता पुँजी एक अर्ब दुई करोड ४२ लाख रहेको यस फाइनान्सले हालसम्म ७६ हजारभन्दा बढी ग्राहकलाई सेवा दिनुका साथै १५ अर्ब २१ करोड निक्षेप संकलन र ११ अर्ब ६१ करोड कर्जा प्रवाह गरिसकेको छ ।