सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन झण्डै २५ अंकले ओरालो लागेको बजार परिसुचक साताको दोस्रो कारोवार दिन आज सोमबार पाँच दसमलव ७२ अंकले उकालो लागेर तीन हजार एक सय ६० दसमलव पाँच अंकमा चढेको छ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दसमलव ५६ अंकले उकालो लागेर पाँच सय ९२ दमसलव ९३ अंकमा चढेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय २७ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट एक लाख ५९ हजार ९३ पटकको कारोवारमा दुई करोड ८६ लाख १७ हजार आठ सय पाँच कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल सेयर कारोवार रकम १५ अर्ब ९३ करोड आठ लाख ९७ हजार नौ सय ३८ रुपैयाँ पुग्न सफल भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुुल उपसमुहरु मध्येमा सात वटा उपसमुहको सुचक उकालो लागेका छन् भने छ वटा उपसमुहरुको सुचक ओरालो लागेका छन् । जसमध्ये बाणिज्य बैंक, निर्जिवन बीमा, फाईनान्स, जीवन बीमा, होटल तथा पर्यटन र सामुहिक लगानी कोष समुहरुको सुचक ओरालो लागेका छन् भने बिकास बैंक, जलबिद्युत, लघुबित्त, ट्रेडिङ, उत्पादनमुलक, अन्य र लगानी समुहरुको सुचक उकालो लागेका छन् ।