काठमाडौं । कुमारी बैंकले कुमारी स्मार्ट लगइन च्यालेन्ज सुरु गरेको छ । डिजिटल भुक्तानी प्रणालीबाट हुने कारोबारलाई दैनिक जनजीवनमा व्यावहारिक बनाउन प्रोत्साहित गर्ने उद्देश्यले बैंकले आफ्ना ग्राहकवर्गहरुलाई लक्षित गरी कुमारी स्मार्ट लगइन च्यालेन्ज नामक आकर्षक अभियान सुरु गरेको जानकारी दिएको छ ।
बैंकका अनुसार यो अभियानमा लक्की ड्रमार्फत प्रत्येक हप्ता १० जना र महिनाभर ४० जना भाग्यशाली सहभागीहरुले एक हजार रुपैयाँका दरले पुरस्कार प्राप्त गर्नेछन् । यो अभियानको अन्त्यमा एक भाग्यशाली कुमारी स्मार्ट प्रयोगकर्ताले बम्पर उपहार १० हजार रुपैयाँ नगद प्राप्त गर्न सक्नेछन् । यो अभियानमा सहभागी हुन ग्राहकहरुले सो अभियान सुरू भएको एक महिनासम्म तलमध्ये न्यूनतम कुनै एक कार्य दैनिक रूपमा गर्नुपर्नेछ । सो अभियान भाद्र १ २०७७ देखि सुरू हुँदै छ । यसको लागि कुुमारी स्मार्ट एपमार्फत आफ्नो खाताको विवरण हेर्ने अथवा टप–अप, बिल भुक्तानी, क्यूआर भुक्तानी वा बैंक ट्रान्सफर गर्नुपर्ने ।
बैंकले डिजिटल प्रणालीमार्फत सधैँ आफ्नो सेवाग्राहीहरुमा उत्कृष्ट सेवा प्रदान गर्न अत्याधुनिक डिजिटल बैंकिङ सुविधाहरु दिँदै आएकोे छ साथै यस अभियानमार्फत डिजिटल कारोबारलाई अझ प्रोत्साहित गर्दै यस महामारीको विषम परिस्थितिमा डिजिटल प्रविधिको प्रयोगद्वारा स्वस्थ जीवनयापन गर्न सहयोग पुग्नेमा बैंक विश्वस्त छ । बैंकले आफ्ना देशव्यापी एक सय ९४ शाखा सञ्जाल, एक सय ६५ एटीएम, २८ शाखारहित बैंकिङ एकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवाप्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता बैंकले जनाएको छ ।